मधेशको नीति तथा कार्यक्रम : ‘चुरे जोगाउँ, मधेश बचाउँ’ अभियानसहित अन्य के-के ? (पूर्णपाठ) – Nepal Press

मधेशको नीति तथा कार्यक्रम : ‘चुरे जोगाउँ, मधेश बचाउँ’ अभियानसहित अन्य के-के ? (पूर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ के नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।

अगामी आर्थिक वर्षमा सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । यसका लागि अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरिने छैन ।

अवण्डा रकम कानूनले अनिवार्य गरेको बाहेक नराख्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । नागरिकले भोग्नुपरेको ढिलासुस्ती, लापरबाही, अनियमितता एवं भ्रष्टाचारजन्य विकृतिहरुको अन्त्य गरिनेछ ।

‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिइएको छ ।

मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ अभियान विवादित छ । उक्त अभियान अन्तर्गत छात्राहरुका लागि भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ । जसका कारण अहिले यो अभियान सञ्चालनमा छैन ।

तर वर्तमान सरकारले उक्त अभियानलाई समेत नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ ।

यस्ताे छ पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर