अर्थमन्त्रीमाथि ओलीको व्यंग्य- अनुहार हेर्दा माया लाग्छ, भूतले खाजा खाने बेलामा पर्नुभो (भिडिओ) – Nepal Press

अर्थमन्त्रीमाथि ओलीको व्यंग्य- अनुहार हेर्दा माया लाग्छ, भूतले खाजा खाने बेलामा पर्नुभो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुहार हेर्दा माया लागेको टिप्पणी गरेका छन् ।

सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफलमा उनले राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने भन्दै प्रश्न गरे ।

ओलीले भने, ‘हाम्रा राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय प्रतिबद्धता यो आर्थिक वृद्धिको लक्ष्यले पूरा गर्न सक्दैन । हामी तथ्यमा आधारित भएर कुरा गर्न चाहन्छौं । राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने ? अर्थमन्त्रीज्यूको अनुहार हेर्दा माया लाग्छ । भूतले खाजा खाने बेलामा पर्नुभयो । वातावरण त्यस्तै छ । तपाईंको मन सफा होला । अघि यहाँ भन्दै हुनुहुन्थ्यो ।’

उनले सेनामा एकजना खराब वा सज्जन भए पनि काम नलाग्ने उदाहरण दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *