बुबा-आमा बन्दै संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल – Nepal Press

बुबा-आमा बन्दै संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल

काठमाडौं । चलचित्र तथा सुगम संगीतका संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बुबा–आमा बन्ने भएका छन् । संगीतकार पोखरेलले आफ्नो सामाजिक सञ्जालमार्फत दुर्गा खरेलसँगको तस्बिर शेयर गर्दै आफू आमाबुवा बन्न आँटेको खबर सार्वजनिक गरेका हुन् ।

सन्तानलाई जन्म दिनु अघिको फोटोसुट शेयर गर्दै उनले लेखेका छन्, ‘जीवनमा सुन्दर अनुभवको सुखद अनुभूति, यो मनमा खुशी छ आहा कति कति ।’ दुर्गाले पनि अर्जुनसँगको तस्बिर शेयर गर्दै ‘मेरो मन र धडकनको खुशी’ भनेर लेखेकी छन् ।

नेपाली गीत संगीतमा अर्जुन र दुर्गालाई सफल र सरल सङ्गीतिक जोडीको रुपमा हेर्ने गरिन्छ । दर्जनौँ लोकप्रिय गीतहरु साथै पस्किसकेका यो जोडीले आफ्नो केही वर्षको प्रेमसम्बन्धलाई वैवाहिक जिवनमा परिणत गरेका थिए । कोरोनाको समयमै सङ्गीतकार पोखरेल र गायिका खरेलैले बुढानिलकण्ठ मन्दिरमा लगनगाँठो कसेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *