नेप्से २५ अंकले बढ्यो – Nepal Press

नेप्से २५ अंकले बढ्यो

काठमाडौं । आजको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमबार १७ अंकले घटेको नेप्से मंगलबार २५.६६ अंकले बढेर १९२७ बिन्दुमा कायम भएको छ ।

आजको दिन ५५ लाख ४१ हजार ८७८ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै, सेन्चुरी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने आज सबैभन्दा बढीे सोल्टी होटलसले ९ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।

त्यसैगरी मंगलबार बजार पुँजीकरण २८ खर्ब १४ करोड रुपैयाँ रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर