बजेटमा ओलीको आशंका- औषधीका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखियो (भिडिओ) – Nepal Press

बजेटमा ओलीको आशंका- औषधीका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखियो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमा गाँजा खेतीबारे अध्ययन गर्ने भनेर ल्याएको प्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटबारे बोल्दै उनले औषधीका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखिएको आशंका व्यक्त गरे ।

‘कसले गर्न खोज्दैछ गाँजा खेती अचम्म लाग्छ । गाँजा खेती कसलाई चाहियो? कसले गर्न खोज्दैछ ? कसैले गर्न खोजेको छ गाँजा खेती यहाँ । कतिपय माननीयज्यूहरुलाई परेको होला हाम्रो गाउँमा गाँजा हुन्छ त्यसबाट कतिको जीविका चलेको छ । यो नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो’, उनले भने, ‘यो चलेपछि त्यसले सरकारसँग माग गर्छ । लाइसेन्स नलिएको गाँजा खेती गर्न पाइँदैन भनेर । गाउँगाउँमा गएर विरुवा उखेलिन्छन् । गाँजा खेतीको कुरा गर्दा जनताले कहाँ गरेका छन् । तर, आम रुपमा त्यतिकै उब्जिएको गाँजाबाट जीविका चलायो भने झेलखाना जान्छ ।’

उनले गाँजाको बिउ लिएर बसेको व्यापारी को भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर