अर्थमन्त्रीको प्रष्टीकरण- करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन – Nepal Press

अर्थमन्त्रीको प्रष्टीकरण- करका दर हेरफेरमा रामकृष्ण श्रेष्ठको संलग्नता छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेर पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको कुनै हात नभएको प्रष्टीकरण दिएका छन् । करका दर हेरफेरमा अनधिकृत व्यक्तिले प्रवेश पाएको आरोप लागेपछि उनले प्रष्टीकरण दिएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘गोप्य कोठामा आधिकारिक व्यक्तिहरु मात्रै बसेर करको दायर संशोधन गर्ने, हटाउने बढाउने यथावत् राख्ने निर्णय हामीले गरेका छौं । अनि हामीले निर्णय गरिसकेपछि अनुभवी र दक्ष कर्मचारीमार्फत् इन्ट्री गराउन सक्ने व्यवस्थाअनुसार रामकृष्ण श्रेष्ठको सहभागी भएको हो । तर, निर्णय प्रक्रियामा उहाँको कुनै सहभागीता छैन । उहाँले इन्ट्री गरेको मात्रै हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर