स्वर्णिम वाग्लेको प्रश्न- निश्चित व्यापारिक घरानालाई लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन ? (भिडिओ) – Nepal Press

स्वर्णिम वाग्लेको प्रश्न- निश्चित व्यापारिक घरानालाई लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीलाई तीन प्रश्न सोधेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीलाई तीन प्रश्न गरेका हुन् ।

उनले भने, ‘अघिल्लो वर्षको विवाद नसेलाउँदै मन्त्रालयबाहिरका अर्का विज्ञलाई पनि बजेट निर्माणमा सामेल गराइएको खुलेको छ। अख्तियारले पनि समात्न नसक्ने गरी सेटिङको भ्रष्टाचार आगोसरह देशमा फैलिएको छ । तर दण्डहीनतालाई तोडेरै छाड्ने हाम्रो संकल्प छ ।’

उनले अर्थमन्त्रीलाई सोधेका तीन प्रश्न

यो वर्ष षडयन्त्रमुलक तरिकाले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अर्पादशी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

एचएस कोडका विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?

तीस बर्षसम्म तीन करोड जनसंख्या भएको देशमा एचएस कोड टाइप गर्न सक्ने जनशक्तिको आकार एकजनामात्रै हुन्  ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर