गोकुल बास्कोटाको टिप्पणी- करका दरमा गठेले हैरान गर्ने भो – Nepal Press

गोकुल बास्कोटाको टिप्पणी- करका दरमा गठेले हैरान गर्ने भो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनको सरकारले करका दर हेरफेर गरेर गठबन्धनको सरकारले हैरान पारेको टिप्पणी गरेका छन्।

उनले अर्थमा बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ? भन्दै प्रश्न गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘कहिले मुसाले तार कट्छ कहिले कसले कागज फेरिदिन्छ। अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ? करका दरमा गठेले हैरान गर्ने भो।’

अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट निर्माणको बेलामा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेको छ।

यस्तै गत वर्ष पनि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि बजेट निर्माणको बेलामा करको दर हेरफेरमा बाहिरको व्यक्तिको प्रयोग गरिएको आरोप लागेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर