खप्तडमा सुरु भयो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन – Nepal Press

खप्तडमा सुरु भयो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन

खप्तड । खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सम्मेलनको उद्घाटन गरेका छन् । आज देखि सुरु भएको सम्मेलन २५ गतेसम्म जारी रहने छ ।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा राम देब, बाल कृष्ण आचार्य, पूवृ प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

डोटी अछाम बझाङ र बाजुराको सिमा क्षेत्रमा पर्ने खप्तडलाई स्वर्गको टुक्राको रुपमा पनि ब्याख्या गरिन्छ यहाँ २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर