स्वीडिस स्वास्थ्य मन्त्रालयले भन्यो- सेक्सलाई खेलको मान्यता दिइएको छैन, समाचार फेक हुन् – Nepal Press

स्वीडिस स्वास्थ्य मन्त्रालयले भन्यो- सेक्सलाई खेलको मान्यता दिइएको छैन, समाचार फेक हुन्

काठमाडौं । स्वीडिसको खेलसम्बन्धी जिम्मेवारीसमेत हेर्ने हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयले सेस्सलाई खेलको मान्यता नदिइएको प्रष्ट पारेको छ ।

विभिन्न मिडियामा समाचार आएपछि त्यहाँको मन्त्रालयले स्वीडेनले कुनै त्यस्तो प्रकारको खेललाई आफूहरुले मान्यता नदिएको र बाहिर आएका समाचारहरु सहि नभएकाे जनाएको छ ।

स्वीडिस विदेश मन्त्रालयको आधिकारिक प्रतिक्रिया नेपाल फ्याक्ट चेकले सार्वजनिक गरेको हो ।

स्वीडेनको खेलसम्बन्धी जिम्मेवारीसमेत रहेको हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयकी सञ्चार प्रमुख कारोलिना फ्रानीले स्वीडेनमा सेक्सलाई खेलको मान्यता नदिइएको बताइन् ।

उनले फ्याक्ट चेकलाई पठाएको पत्रमा भनिएको छ, ‘यो मिथ्या सूचना हो। स्वीडेनमा सेक्सलाई खेलको मान्यता दिइएको छैन र आधिकारिक स्वीडिश खेल महासंघमा यस्तो किसिमको कुनै संस्था आवद्ध छैन। स्वीडिश सेक्स फेडेरेसन नामको एउटा संस्थाले हालै महासंघमा सदस्यताका लागि आवेदन दिएको थियो तर कुनै खेल संघका लागि पूरा गर्नुपर्ने आवश्यकताहरु पूरा नगरेको आधारमा उक्त आवेदन अस्वीकार गरिएको थियो। तपाईँले राख्नुभएको वेबसाइट (swedishsexfederation.com) कुनै आधिकारिक स्वीडिश संघसँग आवद्ध छैन र स्वीडेनमा यस्तो किसिमको कुनै आधिकारिक प्रतियोगिता हुँदैछैन।

भारतीय मिडियामा आएको फेक समाचार नेपालका केही मिडियामा पनि प्रकाशन भएको थियो । तर यो फेक भएको भन्दै भारतीय सन्चारमाध्यमहरुले सच्याइसकेका छन् । मिडियाहरुले स्वीडेनले सेक्सलाई खेलकाे मान्यता दिएकाे र प्रतियोगिता नै आयोजना गर्ने भन्ने आशयकाे समाचार प्रकाशन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *