राष्ट्रियसभाको बैठक भोलिलाई सर्‍यो – Nepal Press

राष्ट्रियसभाको बैठक भोलिलाई सर्‍यो

काठमाडौं । राष्ट्रियसभाको मङ्गलवारका लागि बोलाइएको बैठक बुधवार बस्ने गरी सारिएको छ ।

मङ्गलवार बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधवार बिहान ११ः११ बजे बस्ने गरी सारिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

महासचिव गौतमले मङ्गलवार प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलवार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधवार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर