उपप्रधानमन्त्री पूर्णबहादुरको घरमा प्रचण्ड, बुहारीको निधनप्रति श्रद्धाञ्जली – Nepal Press

उपप्रधानमन्त्री पूर्णबहादुरको घरमा प्रचण्ड, बुहारीको निधनप्रति श्रद्धाञ्जली

काठमाडौं । खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन् ।

सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् ।

सुर्खेत विमानस्थलमा ओर्ले लगत्तै प्रचण्ड सुर्खेत अस्पतालका निर्देशक डा. डम्बर खड्काको घर पुगेका छन् ।

प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद र नेकपा एसका सम्मानित नेता झलनाथ खनालपनि सहभागी छन् ।

५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मङ्गलवार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर