दुर्घटनामा ५ जनाको मृत्यु भएपछि आज पाणिनि गाउँपालिकामा शोक बिदा – Nepal Press

दुर्घटनामा ५ जनाको मृत्यु भएपछि आज पाणिनि गाउँपालिकामा शोक बिदा

रुपन्देही । पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनितर्फ जाँदै गरेको जिप आइतबार पाल्पामा दुर्घटनामा परी पाणिनिका ५ जनाको मृत्यु भएको थियो ।

उनीहरूको शोकमा गाउँपालिकाले मंगलबार पालिकाभर बिदा दिने भएको हो । लु १ च ९०२४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु हुने पाँचै जना पाणिनिका हुन् ।

दुर्घटनामा १० जना घाइते भएका थिए । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले मंगलबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवं शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *