आज डलरको भाउ १३१ रूपैयाँ नाघ्यो – Nepal Press

आज डलरको भाउ १३१ रूपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५१ पैसा र बिक्री दर १६४ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको बेला अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३४ पैसामा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसामा किनबेच हुनेछ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा र साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५  पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर