ए डिभिजन लिग फुटबल, आज चार खेल हुँदै – Nepal Press

ए डिभिजन लिग फुटबल, आज चार खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *