बजेट रियलिस्टिकबाट निक्कै टाढा गयो : स्वर्णिम वाग्ले – Nepal Press

बजेट रियलिस्टिकबाट निक्कै टाढा गयो : स्वर्णिम वाग्ले

काठमाडौं । प्रतिनिधि सभा सासंद तथा अर्थविद डा. स्वर्णिम वाग्लेले बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको  बताएका छन् । प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको बताएका हुन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै सासंद वाग्लेले बजेटलाई रियालिष्टिक बनाउन निकै ढिला भैसकेको बताएका हुन् ।

सासंद वाग्लेले भूकम्प कोभिडले गर्दा बजेटको आकार ठूलो बनाउनु परेको बताए । भूकम्पपछिको बजेट पुननिर्माणका लागि ठूलो बनाइएको थियो। सो बेलादेखी बढेको बजेट बढ्ने क्रम नरोकिएको डा. वाग्लेले बताएका हुन् ।

उनले भने, ‘भूकम्प भन्दा एक वर्ष अघिको बजेट ६ खर्ब १९ अर्बको थियो । यसपिछि ८ सय २० अर्ब पुग्यो यसबेला यो आवश्यक पनि थियो तर पछिल्लो समय महत्वकाँक्षा बढ्दै गएको देखिन्छ ।’

इतिहासमै सबैभन्दा सजिलो बजेट भनेको पूर्वअर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट हो । यो बजेट १३ अर्ब १५ अर्बको थियो । २ तिहाई सासंद सहितको एकदलिय सरकार, भुकम्पबाट तग्रिसकेको बजेट तर यो बजेट पनि ११ खर्ब १० अर्ब भन्दा खर्च हुन सकेन। यसलाई हामीले महत्वपुर्ण बजेट अभ्यासको रुपमा हेर्नुपर्ने सासंद वाग्लेले बताए ।

पछिल्लो समय बजेट वास्तविक भन्दा निक्कै पर जान थालेको वाग्लेले बताए। पुर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट इतिहासकै डपजास्टर र हावादारी बन्न थालेको टिप्पणी गरे। साथै सो बजेटमा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको बताए ।

अहिले सार्वजनिक भएको बजेटमा पनि नीतिगत भष्टाचारको विषय उठेको छ। यो विषय सत्य नहोस् म मन्त्री प्रकाशशरण महतलाई शुभकामना दिन पनि चाहान्छु ।

१७ सय ५१ अर्बको बजेटलाई पनि पत्याउन सकिने स्थिति नभएको वाग्लेले बताए । वैदेशिक अनुदान र ऋण परिचालन कमजोर बन्दै गएको छ। अब विस्तारै कोर्स करेक्सनमा जानुपर्ने तर सो हुन सकेको छैन ।

राजस्वको कर्मचारीको क्षमतामा कमजोरी बढ्दैछ । आर्थिक वृद्धिमा पनि सोही अवस्था देखिइरहेको छ । नयाँ सिराबाट काम गर्नुपर्ने देखिएको छ ।

खर्च घटाउने त भनेको छ, तर कहाँ घटाउने खर्च पुनरावलोकन आयोगको रिपोर्ट पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको छ । सामाजिक सुरक्षामा सरकारले ३७ लाख जनताले महिना महिना नै खातामा हालिदिएको छ । यो सकारात्मक विषय हो । यो गतिमा सधै दिन सक्दैन ।

सामाजिक सुरक्षामा ब्रेक लगाउन सकिएन भने निक्कै ठूलो दायित्व जाने वाग्लेको बनाई छ। यसको लागि सामूहिक सोलुसन आवश्यक पर्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर