ओलीको प्रष्टोक्ति- शान्ति प्रक्रियामा सहभागी भएका हौं, ‘जनयुद्ध’लाई जयजयकार गर्न सकिँदैन (भिडिओ) – Nepal Press

ओलीको प्रष्टोक्ति- शान्ति प्रक्रियामा सहभागी भएका हौं, ‘जनयुद्ध’लाई जयजयकार गर्न सकिँदैन (भिडिओ)

‘कांग्रेसलाई सत्ता भए पुग्छ, नीति चाहिँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले कांग्रेसलाई सत्ता भए पुग्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसको के नीति भन्ने नै नभएको बताए ।

उनले भने, ‘फागुन १ गते दिवस मनाउने? यो राष्ट्रिय दिवस हो? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन। कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’

फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर