‘अखण्ड भारत’ को नक्साबारे प्रधानमन्त्रीकाे दाबी- मैले टिभीमा देखेको हुँ, कुरा राखेँ (भिडिओ) – Nepal Press

‘अखण्ड भारत’ को नक्साबारे प्रधानमन्त्रीकाे दाबी- मैले टिभीमा देखेको हुँ, कुरा राखेँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणको बारेमा अखण्ड भारतको नक्साबारे छलफल गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले बोल्दै उनले आफू भारतको नयाँ संसद भवन अगाडि नगएको प्रष्टीकरण दिए ।

‘मोदी र म त्यहाँ पुगेकै छैनौँ । देखेको पनि छैन मैले त टिभीमा मात्रै देखेको हो । त्यो पनि नेपालमै । त्यहाँ गएर मैले र मोदीले फोटो खिचेको कुरा मोर देन झूटो हो’, उनले भने, ‘यो विषयमा मैले कुरा गरें । उहाँहरुको आफ्नै तर्क छ सांस्कृतिक एतिहासिक हो भन्ने । यो बारेमा हामी छलफल गर्दै जान पनि सकिन्छ । कयौं राजनीतिक विषयमा छलफल भयो । विश्वासको वातावरण बन्दै गएपछि छलफल गछौं । मलाई अप्ठ्यारोमा पारेर कुचुक्क पार्दिएँ फाइदा हुन्छ भन्ने नठान्नुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर