प्रधानमन्त्रीलाई गोकुलको प्रश्न-राष्ट्रपतिलाई बडामहाराजाधिराज बनाएको हो ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई गोकुलको प्रश्न-राष्ट्रपतिलाई बडामहाराजाधिराज बनाएको हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री कला प्रदर्शन गर्न माहिर रहेको भन्दै व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा टिप्पणी गर्दै राष्ट्रपतिलाई बडामहाराजधिराज बनाएको हो ? भन्दै प्रश्नसमेत गरे ।

भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले सीमाको विषय गिजोलेको उनको टिप्पणी छ ।

उनले भने, ‘बुद्धिजीवी देखाएर बंगलादेश मोडेलजस्तो गर्न खोजेजस्तो देखियो । तपाईंले भन्नुभयो- बंगलादेश मोडलमा कुराकानी भएको छ । बंगलादेश कुनै बेला अग्रेजसँग विभाजन हुँदा भारतकै थियो । तर, नेपाल छुट्टै राज्य हो भारतभन्दा पहिला यो हेक्का हुनुपर्छ । कालापानीबाट सेना हटाउनुपर्छ भन्ने विश्वास थियो तर यसलाई गिजोल्ने काम भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर