लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक – Nepal Press

लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं। निर्माता ज्योतिराज राईको ब्यानर ‘भुमिसा प्रोडक्सन’ले निर्माण गरेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। लिम्बू संस्कृतिमा बनेको यो चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रहरु बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राईलाई स्थान दिइएको छ। यसै साता सम्पन्न हुने दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ) मा चलचित्र प्रिमियर गरिनेछ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई र प्रयास घिमिरे कार्यकारी निर्माताका रुपमा देखिएका छन। भने शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि.आर साम्सोहाङ सह निर्माता रहेका छन्। पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल र सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सनसंग इस्टन मिडियाको सहकार्य रहेको चलचित्रमा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत छ भने राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान र निमा तामाङको गायन रहेको छ। सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, शैलेन्द्र बाबु प्रधानको पृष्ठभुमि संगीत रहेको छ। भुवन सिंह राईले लेखेको कथामा भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले मिलेर पटकथा सम्बाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *