प्रधानमन्त्रीको प्रष्टोक्ति- कालापानीसँग भूमि साट्ने प्रस्ताव मैले कहीँ पनि गरेको छैन (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रष्टोक्ति- कालापानीसँग भूमि साट्ने प्रस्ताव मैले कहीँ पनि गरेको छैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए ।

उनले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रष्ट होस् । कहीँ कोही कम्फ्युजन नहोस् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’

प्रधानमन्त्री दाहालले चार दिने भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

उनले भने, ‘नेपाल र भारतबीच बहुआयामिक घनिष्ट सम्बन्धलाई समानता र आपसी लाभको आधारमा ठूलो योगदान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानीबाट विश्वासको नयाँ वातावरण सिर्जना भएको छ । थाती रहेको विषयलाई सम्बोधन गर्न सकिने विश्वासको आधार तय भएको छ ।’

उनले भारतीय प्रधानमन्त्रीलाई आफूले पनि नेपाल भ्रमणको निम्ता गरेको उल्लेख गर्दै उपयुक्त समयमा आउने बताएको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर