प्रधानमन्त्रीको प्रष्टीकरण- मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन् (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रष्टीकरण- मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भनेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै सीमासम्बन्धी विषयलाई स्थापित कूटनीति संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको बताए ।

‘प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ’, उनले भने ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराए ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताउनु भएको पनि संसदलाई जानकारी गराउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर