डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या, दुई वर्षदेखि भारतीय नागरिकसँग थिइन् प्रेममा – Nepal Press

डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या, दुई वर्षदेखि भारतीय नागरिकसँग थिइन् प्रेममा

रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १४ पर्सावलकी एक महिलाले मोबाइलको डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या गरेकी छन्।

एक भारतीय साथीको सहयोग लिएर हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेको प्रहरीले जनाएको छ।

बिहीबार हत्या भएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जनाएका छन् ।

हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको र उनीहरू दुई वर्षदेखि सम्पर्कमा रहेको खुलेको छ।

श्रीमानले आफ्ना क्रियाकलापका बारेमा थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको र हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेको प्रहरीले जनाएको छ ।

माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन्।

दुई जना छोरा रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो। आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएकी छन्।

हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाइएको डीएसपी पाण्डेले जानकारी दिए।

हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *