इब्राहिमोभिचले गरे संन्यास घोषणा – Nepal Press

इब्राहिमोभिचले गरे संन्यास घोषणा

काठमाडौं । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले व्यावसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् ।

इटालियन सिरी ए अन्तर्गत आइतबार सम्पन्न सिजनको अन्तिम खेलमा मिलानले हेलास भेरोनामाथि ३-१ को जित निकालेको थियो । सो खेलपछि उनले व्यावसायिक खेल जीवनबाट अलग्गिने घोषणा गरेका थिए ।

४१ वर्षका इब्राहिमोभिचले यस सिजन चोटका कारण अधिकांश समय मैदान बाहिर बिताए । उनलाई सान सिरोमा भव्य बिदाइ गरिएको थियो ।

‘यो मैदानमा बिताएका सबै क्षण मेरा लागि यादगार रहनेछ । म पहिलो पटक यहाँ आउँदा तपाईँहरूले खुशी दिनु भयो र दोस्रो पटक आउँदा माया दिनुभयो । म सबैप्रति आभारी छु’ इब्राहिमोभिचले भने ।

‘मैले फुटबलबाट बिदाइ लिने समयमा आएको छ’,उनले भने, ‘तर म समर्थकबाट भने कहिले अलग हुनेछैन । यो सहज निर्णय पक्कै थिएन । ’

इब्राहिमोभिच सन् २०२० को जनवरीमा पुनः मिलान फर्किएका थिए । उनले मिलानबाट एक सय ६३ खेलमा ९३ गोल गरेका थिए । मिलानेले गत वर्ष सिरी ए को उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए ।

इब्राहिमोभिचले मिलान, बार्सिलोना, पिएसजी र आयाक्सबाट व्यावसायिक खेल खेलेका थिए । उनले आफ्नो खेल जीवनमा ५ सय ११ गोल गरे ।
उनी स्विडेनका पनि सर्वकालीन गोलकर्ता रहे । उनले एक सय २१ खेलमा ६२ गोल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *