बार्सिलोना लिगको अन्तिम खेलमा पराजित – Nepal Press

बार्सिलोना लिगको अन्तिम खेलमा पराजित

काठमाडौं । युरोपका लिगहरूमा च्याम्पियन भइसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन ।

प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पीएसजी अन्तिम खेलमा पराजय भइसकेको बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।

आइतबार राती एवान्का वालाइडोस भिगोमामा भएको खेलमा घरेलु टोली सेल्टा डि भिगोसँग बार्सिलोना २–१ ले पराजित हुन पुगेको हो ।

आइतबार रातिको खेलको ११औँ मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि मान्यता पाउन नसके पछि सुरुवाती अग्रता लिन बार्सिलोनाका असफल भइरहेको बेला ४२औँ मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै भिगोलाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन ।

उता, दोस्रो हाफको ६५औँ मिनेटमा घरेलु टोलीका गाब्रिएलले पुन अर्को गोल थपे पछि बार्सिलोना सो खेलमा २–० ले पछि पर्‍यो भने घरेलु टोलीको दबाबमा परेको बार्सिलोनाका ७९औँ मिनेटमा अन्सु फातीले गोल फर्काए पछि खेल २–१ को अवस्थामा त आइपुग्यो । तर, त्यसपछि दुवै पक्षबाट गोल हुन नसके पछि घरेलु टोलीबाट लिगको अन्तिम खेलमा बार्सिलोना पराजित हुन पुग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *