स्वरुपराजको ‘धूँवा धूँवा’ को भिडिओ रिलिज, प्रान्जल र स्मृतिको अभिनय – Nepal Press

स्वरुपराजको ‘धूँवा धूँवा’ को भिडिओ रिलिज, प्रान्जल र स्मृतिको अभिनय

काठमाडौं । गायक स्वरुपराज आर्चायको स्वर रहेको ‘धूँवा धूँवा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ ।  निर्माण टीमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमका बीच भिडियो रिलिज गरेको हो । सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ ।

सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिङ मास्टरिङ गरेका छन् ।

प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय देख्न सकिने यस भिडिओमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ । केशवराज भट्टको निर्देशन, उद्धव दाहालको छायांकन रहेको भिडिओको सम्पादन विकास धमलाले गरेका हुन् ।

प्रकाश न्यौपानेको निर्माणमा तयार भिडिओ तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर