राजेन्द्र लिङदेनको प्रश्न- भ्रमणअघि नागरिकता विधेयक कसलाई खुशी पार्न प्रमाणीकरण गरियो ? (भिडिओ) – Nepal Press

राजेन्द्र लिङदेनको प्रश्न- भ्रमणअघि नागरिकता विधेयक कसलाई खुशी पार्न प्रमाणीकरण गरियो ? (भिडिओ)

‘राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा पनि निष्पक्ष हुन नसक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति उनले आपत्ति जनाए ।

अध्यक्ष लिङदेनले भने, ‘यसलाई चाँडोभन्दा चाँडै प्रक्रियामा ल्याऔं, संसदबाटै अगाडि बढाउनुपर्‍यो । यसलाई कुनै ढिलाइ नगरियोस् । राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन । हामीले बारम्बार भनिरहेका छौं । राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा अभिभावक हुन सक्दैन । हामीले जति पनि निष्पक्ष भने पनि दलको निर्देशन चल्छ । अहिले त्यही भयो।’

भारत भ्रमणको एकदुई घण्टा अगाडि किन प्रमाणीकरण गरियो भनेर उनले प्रश्न गरे । उनले भने, ‘कसको स्वार्थ र खुशीको लागि प्रमाणीकरण गरियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर