बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु – Nepal Press

बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

बाजुरा । बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाई वस्तुलाई घाँस काट्न गएका बेला शनिवार बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडा सदस्य लोकेन्द्र रोकायाले बताए ।

रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिवार बिहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *