सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उत्साहित छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उत्साहित छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका विषयमा भारतीय प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट आफू उत्साहित भएको बताएका छन् ।

भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग करा गर्दै आफूले समस्या समाधानका विषय गम्भीर रूपमा उठाएको बताए ।

सीमा समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न आफूले आग्रह गरेको बताए ।

उनले भने, ‘सीमा लगायत थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ। धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकारात्मक अभिव्यक्तिबाट हामी उत्साहित भएका छौँ ।’


प्रतिक्रिया

One thought on “सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उत्साहित छु : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. काम केही नगर्न र कुरा मात्र गर्न सिमाको विषय उठाए मोदीले । त्यत्रो समस्या छ सिमानाको । कुरै नउठाउने भए किन गएको ? आयोजना दिन, भैंसी लिन र महाकालेश्वरको दर्शन गर्न ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर