सहकारीले बचत फिर्ता नदिएपछि पीडितहरू सडकमा (भिडिओ) – Nepal Press

सहकारीले बचत फिर्ता नदिएपछि पीडितहरू सडकमा (भिडिओ)

काठमाडौं । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।

आज माइतीघर मण्डलामा सहकारी पीडित बचतकर्ताहरू धर्ना गरिरहेका छन् । ‘सहकारी बचत पीडित महासंघ’ ले उक्त आन्दोलनको नेतृत्व गरिरहेको छ ।

महासंघले विभिन्न सहकारी संस्था र फरार रहेका व्यक्तिहरूको फोटो सहितका ब्यानरहरू राखेर प्रदर्शन गरिरहेको छ । हजार रुपैयाँदेखि लाखौँ करोडौँ रुपैयाँसम्म सहकारीले खाएको पीडितहरूको आरोप छ ।

सहकारीहरू सबै राष्ट्र बैंकमार्फत चल्नुपर्ने, सहकारीलाई नियन्त्रण गर्ने सरकारको एउटा निकाय हुनुपर्ने, सहकारीलाई खुल्ला छोड्न नहुने, सहकारीका निजी ऐनहरू बन्द गर्नुपर्ने महासंघले माग गरेको छ । आज पहिलो दिन र पाँच दिनसम्म आन्दोलनलाई निरन्तरता दिने महासंघले बताएको छ ।

प्रदर्शनको नेतृत्व गर्दे महासंघ अध्यक्ष भण्डारीले भनिन्, अहिले बचतकर्ताहरू मार्कामा छन्, आफ्नै बचत फिर्ता नपाउने कहाँको न्याय हो ?, सरकाले सहकारी दर्ता किन गराएको ? सरकारले सहकारी दर्ता गराएको हो र सरकारले नै जिम्मा लिनुपर्ने । हाम्रो कुरा कसैले सुनेन त्यस कारणले सडकमा आउन बाध्य भएका हौँ ।’

उनले भनिन्, ‘ हामीले वडाबाट सिडिओ कार्यालयसम्म धाउँदा पनि कतैबाट न्याय नपाएपछि सडकमा आएका हौँ । हामीले दिएका निवेदनहरू पनि छन्, कसैले निवेदन लिनै नमानेका पनि छन् । आँखा नदेख्ने देखि लिएर दैनिक ज्याला सम्म गरेर खाने पीडितहरू आएका छन् ।’ आज सयौँ संख्यामा पीडितहरू आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर