गगनलाई देउवाको जवाफ- एक व्यक्तिलाई गाली गरेर पार्टी बन्दैन (भिडिओ) – Nepal Press

गगनलाई देउवाको जवाफ- एक व्यक्तिलाई गाली गरेर पार्टी बन्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् ।

शनिवार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन् ।

आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे ।

पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने उल्लेख गर्दै उनले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर