समृद्ध नेपाल र सुखी नेपालीलाई एमाले विरोधीले अङ्गीकार गर्न सकेनन् : ओली (भिडिओ) – Nepal Press

समृद्ध नेपाल र सुखी नेपालीलाई एमाले विरोधीले अङ्गीकार गर्न सकेनन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अङ्गीकार गर्न नसकेको बताएका हुन् ।

उनले केहि मान्छे धेरै धनी हुने र केहि मान्छे गरिबको गरिब रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए ।

ओलीले समान रूपमा जनताहरूको आय स्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे । मानवविकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार बिकास हुनुपर्ने उनको भनाई छ ।

उनले कृषिलाई प्रविधियुक्त विकास गर्नुपर्ने भएपनि यसले मानवजीवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर