ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २६१ पुग्यो, यस्तो छ प्रत्यक्षदर्शीको बयान – Nepal Press

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २६१ पुग्यो, यस्तो छ प्रत्यक्षदर्शीको बयान

काठमाडौं । ओडिशाको बालासोरमा शुक्रवार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ । दुर्घटनामा ९ सयभन्दा बढी यात्रु घाइते भएका छन् ।

रेलवेका अनुसार हाल ६५० जना अस्पतालमा उपचाररत रहेका छन् । दशक यताकै सबै भन्दा ठुलो रेल दुर्घटनाको रूपमा लिइएको यस घटनामा हाल सम्म पनि उद्धार कार्य जारी रहेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय सञ्चार माध्यमले घटनाका प्रत्यक्षदर्शीहरुसँग संवाद गरेर तयार पारेको सामाग्रीको सम्पादित अंश

गिरिजा शंकर रथ

मालगाडी रेल फरक ट्र्याकमा रोकिएको अवस्थामा थियो । कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । निकै तनावपूर्ण अवस्था सिर्जना भएको थियो । यसै बिच अर्को तर्फबाट आएको रेल शालिमार एक्सप्रेस पनि दुर्घटना ग्रस्त हुन पुग्यो ।

शालिमार एक्सप्रेसका दुईवटा पटरी पल्टिन पुगे । निकै ठुलो आवाज, धुवा र धुलोले अवस्था थप जटिल बनायो । म घटनास्थल नजिकै भएको हुनाले सो तर्फ जाने निर्णय गरे ।

हामीले केही मानिसहरूलाई उद्धार गर्‍यौँ र केही शव पनि निकाल्यौँ । त्यहाँ धेरै मानिसहरू उद्धारको प्रतीक्षामा थिए । हामी रातभर उद्धार कार्यमा जुट्यौँ । उद्धार टोली पुगे पछि कार्य अलिक सहज बन्यो । म अझै पनि उक्त घटनाले स्तब्ध छु ।

टुटु विश्वास

हामीले ठूलो आवाज सुन्यौँ। घरबाट निस्केर हेर्दा यो दुर्घटना भएको रहेछ । एउटा रेल आर्कोमाथि चढेको थियो । जब म घटनास्थलमा पुगे धेरैको मृत्यु भइसकेको थियो । एक बालक रोइरहेको थियो, उसका बुवा आमाको मृत्यु भइसकेको थियो सायद ! केही बेरमा त्यो बालकको पनि मृत्यु भयो । हामी पुग्दा धेरैले पानीको याचना गरेका थिए । मैले सके जतिलाई पानी पिलाए । म र गाउँले मिलेर सक्दो सहयोग गर्‍यौँ । त्यो अत्यन्तै डर लाग्दो दृश्य थियो ।

मुकेश पाण्डे

म कोरोमण्डल एक्सप्रेसमा थिए । रेल पटरीबाट खस्दा हामीले धक्काको महसुस गर्‍यौ । ठूलो आवाज आयो रेल पल्टियो मलाई स्थानीयले उद्धार गरे । हाम्रा सबै सामान बाहिर छरिएका थिए ।

मेरो गाउँबाट यात्रा गरिरहेका चारजना यात्रु बाँच्न सफल भयौँ तर धेरै जना घाइते भएका छन् । कोही बेपत्ता छन् । म चढेको कोचका धेरैको मृत्यु भयो कैयौँ गम्भीर अवस्थामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर