नगरवासीलाई रोग लाग्न नदिनु नै महानगरको पहिलो प्राथमिकता होः सुनिता डंगोल (भिडिओ) – Nepal Press

नगरवासीलाई रोग लाग्न नदिनु नै महानगरको पहिलो प्राथमिकता होः सुनिता डंगोल (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।

शनिवार काठमाडौंमा नेपाल मधुमेह समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको बताइन् । उनले देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन् ।

धेरै जना जनप्रतिनिधिहरू प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरूको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरू दिन सके त्यसले
धेरै फाइदा पुग्ने बताइन् ।

उनले मानिस स्वास्थ्य रहे मात्रै सबै खाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने हुने बताए ।

उनले स्वास्थ्य सम्बन्धित तालिमबाट जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रका बासिन्दालाई सचेत बनाउन सक्ने बताइन् ।

कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रमहरूले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर