६ दशकका नेपाली ओलम्पियनलाई पोखरामा सम्मान – Nepal Press

६ दशकका नेपाली ओलम्पियनलाई पोखरामा सम्मान

पोखरा । ६ दशकका नेपाली ओलम्पियनलाई पोखरामा सम्मान गरिएको छ ।

पोखरा महानगरपालिका, नेपाल ओलम्पियन संघ र पोखरा महानगर खेलकुद विकास समितिकोको व्यवस्थापनमा शनिवार पोखरा प्रभातफेरिसहित ओलम्पियनहरुलाई सम्मान गरिएको हो ।

नेपालका पहिलो ओलम्पियन क्या. रामप्रसाद गुरुङसहित ५० जना ओलम्पियनहरुलाई पोखराको फेवाताल किनार बाराहीघाटमा सम्मान गरिएको छ । गण्डकी प्रदेशका ७ जना ओलम्पियनहरु मध्ये ५ जना सम्मानित भएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास पर्यटनसँगै खेलकुदका माध्यमबाट समेत उत्ति कै महत्त्वपूर्ण हुने बताए ।

पोखरालाई खेल पर्यटनको हबका रूपमा विकास गर्न पोखरा महानगरपालिका निरन्तर लागिरहेको उनले बताए ।

खेलकुदसँग सम्बन्धित हरेक गतिविधिहरूमा महानगरपालिका सँगै अगाडि बढिरहेको उनले सुनाए ।

ओलम्पियनहरुलाई सम्मान पश्चात् फेवा डुङ्गा व्यवसायी संघको समन्वयमा फेवातालमा डुङ्गा सयर सहित तालबाराही मन्दिरको दर्शन गराइएको पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

सन् १९६४ देखी सन २०२० सम्म सहभागी ओलम्पियनहरूलाई दोस्रो पुनर्मिलन कार्यक्रमको प्रारम्भमा सम्मान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *