गाडीबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु – Nepal Press

गाडीबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।

राधेराधेबाट निकोसेरातर्फ  जादै गरेको बा २१ च ५३०१ नं. को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको वर्ष अं. ४०र४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *