मार्क जुकरवर्गकै फेसबुक एकाउण्ट ह्याक – Nepal Press

मार्क जुकरवर्गकै फेसबुक एकाउण्ट ह्याक

काठमाडौं । बहुचर्चित सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्गको फेसबुक एकाउण्ट ह्याक भएको छ ।

फेसबुकले शुक्रबार राति स्वयम सो कुरा पुष्टी गरेको हो । फेसबुकको एक फिचरमा रहेको बगका कारण अपरिचित ह्याकरले फेसबुकको दुरुप्रयोग गरेको जनाइएको छ ।

यसका कारण प्रत्यक्ष रुपमा ५० मिलियन र अप्रत्यक्ष रुपमा थप ४० मिलियन एकाउण्टमा ह्याकरको अनाधिकृत पहुँच पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ह्याक भएका यी ५० मिलियन एकाउण्ट मध्ये एक फेसबुकका संस्थापक मार्क जुकवर्गको हो । यस्तै फेसबुकको चिफ अपरेटिङ अफिसर सेरेल सेन्डनवर्गको पनि फेसबुक एकाउण्ट ह्याक भएको थियो ।

फेसबुक सिस्टममा रहेका तीन वटा फ्लजका कारण ह्याकरले फेसबुक एकाउण्ट ह्याक गर्न सफल भएको देखिन्छ । यद्यपी सो कमजोरी बारे थप विवरण भने सार्वजनिक गरिएको छैन । अनुसन्धानमा संलग्न अधिकृतलाई उध्रदत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।

मार्क जुकरबर्गको एकाउण्ट २०१७ मा फेसबुक कोडमा आएको भ्यू एज बगका कारण ह्याक भएको बताइएको छ । फेसबुकका इन्जिनियरहरूले सेप्टेम्बर २५मा सो बग पत्ता लगाएका थिए। हाल सो बगलाई ठीक गरिएको छ भने र फेसबुकले प्रभावितहरूको लागि सुरक्षा टोकन रिसेट गरेको छ।

ह्याकर स्वयमले आइतबार जुकरवर्गको फेसबुक एकाउण्टनै डिलिट गरिदिने र यो ह्याक समबन्धी सबै विवरण लाइभमा आएर सार्वजनिक गरिदिने धम्की दिए पस्चात यो घटना सार्वजनिक भएको हो ।

हाल ह्याक भएका सबै एकाउण्ट रिकभर भइसकेका छन् ।

(उक्त घटना २०१८ काे हाे ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर