यस्तो बन्दै छ भेरीको पानी पम्पिङ आयोजना – Nepal Press

यस्तो बन्दै छ भेरीको पानी पम्पिङ आयोजना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानीको समस्या हुने गरेको छ । राजधानी भएसँग वीरेन्द्रनगरमा जनसंख्यामा वृद्धि हुँदै गएको हो । वीरेन्द्रनगरमा बढ्दो सहरीकरणले गर्दा पनि खानेपानीको समस्या हुँदै आएको छ ।

वीरेन्द्रनगरबासीका धारामा ५/६ दिनको फरकमा पानी आउने गर्छ । उक्त पानी वीरेन्द्रनगरबासीलाई ६ दिनसम्म पानी पुर्याउन भ्याइँनभ्याइ हुन्छ ।

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले उपत्यका वासीका लागि पर्याप्त खानेपानीको व्यवस्था गर्न सकेको छैन ।

वीरेन्द्रनगरमा कर्णाली प्रदेशका १० वटै जिल्लाका बासिन्दाको बसोबास रहेको छ ।

यहाँ रोजगार, गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि कर्णालीका हिमाली जिल्लाका बासिन्दा कर्णाली राजधानीमा झर्ने गरेका छन् । बसाइसराईका कारणले पनि पानिको म्ुहान सुक्दै गएका छन् ।

त्यसैले सो समस्या सामधान गर्नका लागि भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा प्रयाप्त पानी पुराउने तयारी भएको हो ।

भेरी नदीको पानी पम्पिङ आयोजना ३ वर्षभित्र समाधान गर्न गरि शुक्रबार छलफल भएको छ । वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्नका लागि उक्त आयोजना अघि बढाइएको हो ।

सुर्खेत उपत्यका खानेपानी संस्थाको अवस्था

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०५७ सालमा स्थापित भएको हो ।

उक्त संस्थाले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरिरहेको छ । तर, वीरेन्द्रनगरवासीले प्रप्यात मात्रामा पानी पाउँदैनन् ।

यस्तो बन्दै छ भेरीको पानी पम्पिङ आयोजना

विश्व बैंक/अन्तर्राष्ट्रिय विकास नियोगको सहयोग, नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग उपयोजना ध्बक्न्क्ष्क्ए को सहजीकरण र वीरेन्द्रनगर नगरपालिकाको संलग्नतामा निर्माण हुने भेरी पम्पिङ उप-आयोजनाको डिपिआर तयार भएको वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिएकी छन् ।

पहिलो चरणको काम नगरपालिकाबाट ऐन निमार्ण गरेर असार भित्र टेण्डर आह्वान गरिने बताइन् ।

उक्त आयोजना रु साढे ४ करोडको लागतमा पम्पिङ योजना सुरु गरिने नगरप्रमुख ढकालको भनाई छ । त्यसैगरी उक्त आयोजना काम हुने छ र दुई चरणमा गरी रु ६ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डीपीआर तयार हुनेछ ।

आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको प्रोजेक्ट भएको हुँनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माथि छलफल भएको छ ।

विभागका सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) मधु खनालले डिजाइन रिभ्यु छलफल कार्यक्रमममा प्रस्तुत गरेका थिए ।

खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९/८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अगाडि सारेको छ ।

जसमा संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत लगानी जुटाउनु पर्ने छ ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फन्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्रालयले सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीका बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा उक्त आयोजना सञ्चालन गर्ने खनालले बताए ।

उक्त आयोजना वीरेन्द्रनगर-११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइने जनाइएको छ ।

भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन । यसका लागि रु साढे ४ अर्ब खर्च हुने परामर्शदाता प्रशान्त मल्ले जानकारी दिए ।

त्यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत-जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार मल्लले बताए । भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्की (ट्रिटमेन्ट प्लान) मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब सात किलोमिटर लामो पाइप विछ्याइने र पाँच सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिने उनको भनाइ छ ।

अमृतडाँडामा बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । भेरीको पानी लिफ्ङ्गि गर्नुका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सवलीकरण लगायतका कार्य सञ्चालन गरिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर