प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेको प्रतिक्रिया- भारतले चाहेको विषयमा फटाफट सहमति भयो – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेको प्रतिक्रिया- भारतले चाहेको विषयमा फटाफट सहमति भयो

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपालको प्राथमिकता ओझेलमा परेको टिप्पणी गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको प्राथमिकतामा रहेको विषय ओझेलमा परेको उल्लेख गर्दै भारतले चाहेको विषय फटाफट भएको देखिएको बताए ।

उनले थप कुरा प्रधानमन्त्री स्वदेश फर्केपछि औपचारिक रुपमा गर्ने बताए । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि स्वदेश फर्किँदैछन् । भ्रमणका क्रममा ७ बुँदे महत्वपूर्ण सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर