राष्ट्रिय रिङ रेस्लिङ भोलि – Nepal Press

राष्ट्रिय रिङ रेस्लिङ भोलि

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा भिडन्त हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच विजेताले १ लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट विजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वर्ल्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रनेछन् । सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर