प्रचण्डलाई गोकुलको व्यंग्य- हिजो हिजो रातै रातो, आज गेंरूरंग – Nepal Press

प्रचण्डलाई गोकुलको व्यंग्य- हिजो हिजो रातै रातो, आज गेंरूरंग

काठमाडौं । भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेपछि एमालेका नेता गोकुल बास्कोटाले व्यंय गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएर मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएर पूजा गरेपछि बास्कोटाले क्या चेन्ज आएछ भन्दै कटाक्ष गरे ।

उनले प्रचण्डलाई कटाक्ष गर्दै लेखेका छन्, ‘वाह! क्या चेन्ज आएछ। हिजो हिजो रातै रातो, आज गेंरूरंग । सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले । प्रभुको ईच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध?समयले थप बताउँला ।’
उनले प्रभुको ईच्छा वा पुर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध लगाउला कि नगराउला भनेर प्रश्न समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर