चीनबाट फर्केपछि अग्नि सापकोटाले भने- वाम एकताको सद्भाव राख्नु सामान्य हो तर, दबाब छैन (भिडिओ) – Nepal Press

चीनबाट फर्केपछि अग्नि सापकोटाले भने- वाम एकताको सद्भाव राख्नु सामान्य हो तर, दबाब छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमा वाम एकता होस् भनेर सद्भाव राख्नु सामान्य भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणबाट फर्केका उनले वाम एकतामा चीनले सद्भाव राखे पनि मिल्न दबाब नदिएको बताए ।

‘एउटा कम्युनिष्ट पार्टीले अर्को छिमेकी कम्युनिष्ट पार्टीलाई वाम एकता होस् । कम्युनिष्ट पार्टीको पुनर्गठन होस् भनेर सद्भाव राख्ने कुरा त सामान्य हो’, सापकोटाले भने, ‘उहाँहरुले बारम्बार निर्णय गर्ने तपाईंहरुले नै हो भनिराख्नुभएको छ । त्यो भए हामीलाई राम्रो र खुशी लाग्छ भनेर स्वाभाविक रुपमा भन्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर