१०८ किलो रुद्राक्ष चढाएर प्रधानमन्त्री प्रचण्डले गरे भारतको महाकाल मन्दिरमा पूजा – Nepal Press

१०८ किलो रुद्राक्ष चढाएर प्रधानमन्त्री प्रचण्डले गरे भारतको महाकाल मन्दिरमा पूजा

काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यप्रदेशको महाकाल मन्दिरको पूजा गरेका छन् । उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूजाको क्रममा ८ थान लगेज लगेको १०८ किलोग्रामका रुद्राक्षका दाना चढाएका छन् ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो ।

सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया

One thought on “१०८ किलो रुद्राक्ष चढाएर प्रधानमन्त्री प्रचण्डले गरे भारतको महाकाल मन्दिरमा पूजा

  1. थुक्कै

    भारतमा त्यो तमासा देखाउनु भन्दा पहिले एक पटक पसुपती दर्सन गरेको भए, कति ठाउँ बनाउदोहोस नेपाली जनताको मनमा। अब उतै जोगि बनेर बस्दा हुन्छ। एक पटक पनि पशुपति दर्शन सम्म नगरेकोले छिमेकमा पुजाको स्वाङ्ग पारेको कति सुहाएन। वाचन शिरोमणि पण्डित नारायण पोखरेल र सन्स्कृत अध्यापन गराउने मुक्तिनाथ अधिकारीको हत्या गरेकोलाई नेपाली जनताले अब त चिन्नु पर्ने हो। काङ्ग्रेसहरु कुन दुलोमा छौ तिमिहरु? माकुने अनि चित्रेदाइको बिचार पनि आओस् न हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर