एक अर्काका पत्रकारलाई देशबाट निकाला गर्दै चीन र भारत – Nepal Press

एक अर्काका पत्रकारलाई देशबाट निकाला गर्दै चीन र भारत

काठमाडौं । बढ्दो सीमा विवादका बीच भारत र चीनको बिग्रँदो सम्बन्धको नयाँ घटना सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यम वाल स्ट्रिट जर्नलका अनुसार चीन र भारतको नयाँ विवाद पत्रकारहरुको भिसालाई लिएर देखा परेको हो ।

यी दुई देशहरुले हाल आ- आफ्नो देशबाट एक आर्काका पत्रकारहरुको भिसा रिन्यु नगरेपछि हाल भारतमा चीनका र चीनमा भारतका पत्रकारहरु शुन्य भएका छन् । सन् १९८० पछि दुबै देशमा एक अर्काका पत्रकार नभएको यो पहिलो पटक हो ।

रिपोर्टका अनुसार भारतले चीनको सिनहुआ र सिसीटीभीमा दुई पत्रकारहरु भिसा रिन्यु गरेको छैन् । यस दाबीलाई चीनको विदेश मन्त्रालय पनि पुष्टी गरेको छ ।

बुधबार चीनको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निगले भारतले आफ्ना पत्रकारहरुलाई भेदभाव गरेको बताउँदै चीनले पनि भारतका पत्रकारहरु विरुद्ध कडा कदम अगाडि सार्ने बाहेक अन्य विकल्प नभएको जनाएकी छिन् ।

विवादकै बीच चीनले भारतको ‘द हिन्दू ’ र प्रसार भारतीय दुई पत्रकारहरुलाई देश निकाला गरेको छ । भारत र चीनबीच साढे दुई वर्षअघि पूर्वी लद्दाखको गलवान उपत्यकामा हिंसात्मक झडप भएसँगै दुई देशको सीमा विवाद थप सतहमा आएको थियो ।

उक्त झडपमा २० भारतीय सैनिक र ३८ चिनियाँ सैनिक मारिएको बताइएको थियो । चीनले मारिएका सैनिकको विवरण लुकाउन भरपुर प्रयास गरेको आरोप भारतीय मिडियाहरुले लगाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर