इटहरीमा नेकपा एसको रिले अनसन स्थगित, आन्दोलनको स्वरूप परिवर्तन – Nepal Press

इटहरीमा नेकपा एसको रिले अनसन स्थगित, आन्दोलनको स्वरूप परिवर्तन

इटहरी । नेकपा एकीकृत समाजवादीले इटहरीमा सुरु गरेको भ्रष्टाचारविरुद्धको रिले अनसन स्थगित गरेको छ ।

१० दिनदेखि जारी अनसनको स्वरूप परिवर्तन गरेर जनजागरण अभियान थालिएको नेताहरूले बताएका छन् । उपाध्यक्ष बेदुराम भुसालले आन्दोलनको कार्यक्रम परिवर्तन गर्न आग्रह गरेसँगै रिले अनसन स्थगित भएको प्रदेश मोर्चा संगठनका इन्चार्ज केशव विष्टले बताए ।

१० दिनसम्म रिले अनसन बसिएको बताउँदै गर्दै इन्चार्ज विष्टले नेकपा एसले अब भ्रष्टाचारविरुद्ध जनजागरण अभियान सुरू गर्ने जानकारी दिए । उक्त कार्यक्रममा नेकपाएसका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, सुनसरी अध्यक्ष गोविन्द निरौलालगायत सहभागी थिए ।

इटहरी उपमहानगरपालिका अगाडि गरिएको रिले अनसनमा मन्त्री भुसालले रिले अनसनबाट भ्रष्टाचारीहरूलाई कारबाही गर्न दबाब पुगेको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर