पुलिसको लगातार चौथो जित, मनाङले खुमलटारलाई हरायो – Nepal Press

पुलिसको लगातार चौथो जित, मनाङले खुमलटारलाई हरायो

काठमाडौं । न्यूरोड टिम (एनआरटी) लाई १-० गोलको नतिजामा पराजित गर्दै नेपाल पुलिस क्लबले जारि सहिद स्मारक ए डिभिजन लिगमा लगातार चौथो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मोसेस टुएमले ७६औं मिनेटमा गरेको गोल पुलिसको जितमा निर्णायक बन्यो ।

लगातारको हारपछि लिगको पाँचौं चरणमा पहिलो अंक जोडेको पुलिसले लामो समय रेलिगेशन क्षेत्र छोड्न सकेको थिएन, तर, विदेशी खेलाडी भित्रयाएपछि पुलिसको हार लयमा ब्रेक लागे जस्तै भयो ।

अहिले लिगमा २३औं चरणको खेल सकिएका छन् । पुलिस २३ खेलमा १० जित ४ बराबरी र ९ हारको नतिजासहित ३४ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

पराजित एनआरटी २९ अंकसहित तालिकाको १०औं स्थानमा भएपनि रेलिगेशन बाच बच्नेमा ढुक्क छैन ।

यस्तै, दशरथ रंगशालामा भएको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबले रेलिगेशन क्षेत्रमा संघर्सरत खुमलटार युथ क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दै तीन अंक जोड्यो । मनाङको जितमा खेलको इन्जुरी समयमा रोसन राना मगरले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै मनाङले २३ खेलमा ७ जित १० बराबरी र ६ हारको नतिजासहित ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित खुमल्टार २४ अंकसहित तालिकाको पुछारमा छ ।

यस्तै, च्यासल रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पा २३ ख्लमा ३० अंकसहित सातौं स्थानमा छ । फ्रेन्ड्स २५ अंकसहित रेलिगेशन जोनमा यथावत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *