पूर्व प्रदेश सांसद यादवसहित दर्जनौं नेता एमालेमा फर्किए – Nepal Press

पूर्व प्रदेश सांसद यादवसहित दर्जनौं नेता एमालेमा फर्किए

जनकपुरधाम । पूर्व प्रदेश सांसद अशोक यादवसहितका दर्जनौं नेता नेकपा एस परित्याग गरी नेकपा एमालेमै फर्किएका छन् ।

सिरहामा आज आयोजित एक समारोहबीच पूर्व सांसद यादवसहितका नेताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पार्टीमा भित्र्याएका हुन् ।

पूर्व सांसद यादवसँगै नेकपा एसका केन्द्रीय सदस्य सागर चौधरी, मानविर यादव, सखुवानन्कारकट्टी गाउँपालिकाका पूर्व उपाध्यक्ष अमला यादव, पालिका ईन्चार्ज रामनारायण यादव, वडाअध्यक्षका प्रत्यासी सुमेश यादवलगायतका नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।

०७४ मा सिरहा क्षेत्र नम्वर १(ख)बाट यादव नेकपा एमालेको टिकटबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर