सिन्धुलीमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन – Nepal Press

सिन्धुलीमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

सिन्धुली । नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड को पुत्ला दहन गरेको छ ।

बुधबार साँझ सिन्धुलीमाढीमा अनेरास्ववियु र युवा संघले प्रचण्डले विबादस्पद नागरिकता विध्येक जारी गरेर भारत भ्रमण गएको र रेशम चौधरीलाई आममाफी दिएको र भारतले संसद भवनमा नयाँ नक्सामा नेपालको भूमी समेट्दा पनि सरकार मौन बसेको भन्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेको हो ।

नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुसमा ‘भारतीयलाई नागरिकता उपहार, देश बेच्ने प्रचण्ड गद्दार’, ‘प्रचण्डको सरकार, लेन्डुपको नयाँ अवतार’, अखण्ड भारतको भन्दा प्रमाण ग्रेटर नेपालको धेरै छ प्रष्टै बुझे जनताले देश बेच्ने गद्दार को रै छ ? लगायत नारासहित २ नं बजार गैरीबजार १ नं बजार हुँदै लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर