बुटवलमा अनेरास्ववियुका कार्यकर्ताले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला (भिडिओ) – Nepal Press

बुटवलमा अनेरास्ववियुका कार्यकर्ताले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला (भिडिओ)

रुपन्देही । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयक, भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपाली भूमि समावेश भएको अखण्ड भारतको नक्साको विरोध गर्दै अनेरास्ववियुले बुटवलमा राष्ट्रपति रामचन्द्र पा्रैडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।

बुधबार साँझ उनीहरुले राँके जुलुस तथा पुत्ला दहन गरेका हुन् ।

बुटवल बहुमुखी क्याम्पसबाट निस्केको राँके जुलुस बजार घुमेर पुनः क्याम्पसमा पुगेको थियो ।

देशको हित विपरीत रोकिएको नागरिकता विद्येयक सदनलाई समेत छलेर मन्त्री परिषदको निर्णयबाट राष्ट्रपतिले प्रमाणीकरण गर्नु र भारतले नेपाली भूमि समावेश गरेर बनाएको नक्साको विषयमा सरकार केही नबोलेको विषय विरोध गरिएको अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको भेटेपछि प्रहरीले पछि तितरवितर पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर