दौरा सुरुवालमा सजिएका प्रचण्डको पोस्टर दिल्लीका सडक सडकमा – Nepal Press

दौरा सुरुवालमा सजिएका प्रचण्डको पोस्टर दिल्लीका सडक सडकमा

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतले दौरा सुरुवालको तस्बिरको पोस्टरले स्वागत गरेको छ ।

‘भारतीय गणराज्य’का प्रधानमन्त्री भनेर नरेन्द्र मोदी र प्रचण्डलाई नेपालका प्रधानमन्त्री भनेर स्वागत गरेको पोस्टर विमानस्थलदेखि प्रचण्ड निवास भएको होटलसम्म सजाइएको छ ।

भारतीय समयअनुसार २ः३५ मा प्रचण्ड इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । स्वागत भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल नम्बर ३ को अति विशिष्ट कक्षबाट बाहिरिएका प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीस्थित चाणक्य पुरीमा रहेको आईसीटी मौर्य होटलमा बस्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर